नेपाल टेलिकमले माग्यो १३ पदका लागि ७३ कर्मचारी


नेपाल टेलिकमले विभिन्न पदका लागि ७३ जना कर्मचारीको माग गरेको छ ।

कम्पनीले उपप्रबन्धकदेखि जुनियर टेक्निसियनसम्म गरी विभिन्न १३ पदमा ७३ जना कर्मचारी माग गरेको हो ।

टेलिकमले उपप्रबन्धकमा टेलिकम, लेखा, प्रशासन गरी १ जना, वरिष्ठ टेलिकम इन्जिनियर तर्फ २ जना, वरिष्ठ लेखा अधिकृत १ जना, टेलिकम इन्जिनियरमा १० जना, टेलिकम इन्जिनियर कम्युटरतर्फ ५ जना, टेलिकम इन्जिनियर इलेक्ट्रोनिक्स ३ जना, सिभिल इन्जिनियर १ जना, सहायक लेखा अधिकृत ४ जना, सहायक प्रशासकीय अधिकृतमा ३ जना, सहायक व्यापार अधिकृतमा ४ जना, टेक्निसियनमा ११ जना, सहायकमा ११ जना र जुनियर टेक्निसियनमा १७ जना गरी ७३ जना कर्मचारकिो माग गरेको जनाएको छ ।

ईच्छुक व्यक्तिले चैत २ गतेसम्म आवेदन दिइसक्नु पर्ने प्रकाशित सूचनामा उल्लेख छ दोब्बर दस्तुर तिरेर भने चैत ९ गतेसम्म आवेदन दिन पाउने समय राखिएको छ ।

टेलिकमले इच्छुक तथा योग्य उम्मेदवारहरुलाई कम्पनीको वेबसाइट www.ntc.net.np वा recruit.ntc.net.np बाट आवेदन दिन सकिने जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।