कालिका पावरको खुद नाफा ४० प्रतिशतले बढ्यो


कालिका पावर कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ४८ लाख रुपैयाँ खुद नाफा कमाएको छ ।

कालिकाले गत आर्थिक वर्षको पहिलो त्रैमासमा १ करोड ७८ लाख रुपैयाँ नाफा कमाएको थियो । समीक्षा अवधिमा कालिका पावरले खुद नाफा ३९.३८ प्रतिशतले बढाएको हो ।

विद्युत बिक्रीबाट कालिका पावरले ५ करोड ६२ लाख रुपैंया आम्दानी गरेको छ । गत आर्थिक वर्षको यसै अवधिमा कालिका पावरले ५ करोड ८७ लाख रुपैंयाको बिजुली बिक्री गरेको थियो ।

चुक्ता पूँजी ६० करोड रुपैयाँ रहेको कम्पनीको जगेडा कोषमा ३ करोड ६९ लाख रुपैयाँ सञ्चित छ ।

प्रतिशेयर आम्दानी १६ रुपैयाँ ५५ पैसा रहेको कालिका पावरको प्रतिशेयर नेटवर्थ १०६ रुपैयाँ १६ पैसा र मूल्य आम्दानी अनुपात ४.७७ गुणाले बढी छ ।