हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट कम्पनीको सेयर बोलकबोलको शिलबन्दी बोलपत्र मंगलबार खोलिँदै


हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनीको सेयर बिक्रीका लागि आह्वान गरिएको शिलबन्दी बोलकबोलको बोलपत्र मंगलबार खोलिने भएको छ ।

कम्पनीले माघ २२ देखि गतेदेखि फागुन ८ गतेसम्म आह्वान गरेको शिलबन्दी बोलकबोलको बोलपत्र मंगलबार (आज) ९ः३० बजे खोल्ने भएको हो ।

कम्पनीकोे धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक ग्बोबल आइएमइ क्यापिटल लिमिटेडले फेसबुक लाइभ मार्फत बोलपत्र खोलिने जनाएको छ । कम्पनीले संस्थापक सेयर २ करोड २१ लाख ९७ हजार ३ सय २५ कित्ता बिक्रिको लागि बोलकबोल गरेको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।