मंगलबार सुन-चाँदी दुबैकाे भाउ स्थिर


सुनको भाउ मंगलबार स्थिर रहेको छ । सोमबार १ लाख १ हजार ८ सय रुपैयाँमा कारोबार भएको सुन आज स्थिर बनेको हो ।

यस्तै आज तेजावी सुनको भाउ पनि स्थिर रहेको छ । सोमबार प्रतितोला १ लाख १ हजार ३ सय रुपैयाँमा कारोबार भएको तेजावी सुन आज पनि सोही मूल्य निर्धारण गरिएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार चाँदी पनि स्थिर छ । सोमबार ५ रुपैयाँले घट्दै १ हजार २ सय ५५ रुपैयाँमा कारोबार भएको चाँदी आज पनि सोही मूल्यमा कारोबार भइरहेको छ ।

महासंघका अनुसार अन्तर्राष्ट्रिय बजारमा घटबढ हुने सुन र चाँदीको भाउका आधारमा सुनचाँदीको मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ प्रतिऔंस १८१४.३८ अमेरिकी डलर र चाँदी प्रतिऔंस २०।६१ डलरमा कारोबार भइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।