श्रीलंकाले निजी कम्पनीहरूलाई जेट इन्धन आपूर्ति गर्न अनुमति दिने


श्रीलंकाको मन्त्रिपरिषद्ले सरकारी स्वामित्वको पेट्रोलियम वितरकले माग पूरा गर्न नसकेपछि निजी कम्पनीहरूलाई जेट ए-१ उड्डयन इन्धन उपलब्ध गराउने प्रस्तावलाई स्वीकृत गरेको छ ।

सरकारका प्रवक्ता बन्दुला गुणवद्र्धनाले मङ्गलबार आयोजित पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै जेट ए–१ उड्डयन इन्धन हाल सिलोन पेट्रोलियम कर्पोरेशन (सीपीसी) ले विमानलाई आपूर्ति गरिरहेको बताएका छन् ।

विगत वर्षमा देशकै जेट ए–१ इन्धन उत्पादन हुने सपुगास्कण्ड आयल रिफाइनरीको सञ्चालन विदेशी मुद्रा अभावका कारण अवरुद्ध भएको गुणवद्र्धनेले बताएका छन् । विदेशी मुद्रा सञ्चिति अभावका कारण जेट ए-१ इन्धन आयात गर्नु पनि सीपीसीका लागि निकै ठूलो चुनौती रहेको उनले बताएका हुन् ।

पछिल्ला महिनाहरूमा पर्यटक आगमन बढेका कारण श्रीलङ्का आउने विमानको सङ्ख्यामा वृद्धि भएको छ । साथै श्रीलङ्काले कार्गो र यात्रुवाहक हवाइजहाजका लागि जेट ए-१ इन्धनको निरन्तर आपूर्ति सुनिश्चित गर्न आवश्यक रहेकाले सो निर्णय लिइएको प्रवक्ताको भनाइ छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।