शुक्रबार कुन मुद्रा कतिमा हुँदैछ किनबेच ?


नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ ।

जसअनुसार शुक्रबार (आज) अमेरिकी डलर एकको खरिद दर १३१ रुपैयाँ ८६ पैसा छ भने बिक्री दर १३२ रुपैयाँ ४६ पैसा रहेको छ ।
अष्ट्रेलियन डलर एकको खरिद दर ८८ रुपैयाँ ६८ पैसा र बिक्री दर ८९ रुपैयाँ ०८ पैसा रहेको छ ।

यस्तै युरो एकको खरिद दर १३९ रुपैयाँ ९८ पैसा र बिक्री दर १४० रुपैयाँ ६१ पैसा रहेको राष्ट्र बैंकले सार्वजनिक गरेको सूचीमा उल्लेख छ ।
बेलायती पाउण्ड एकको खरिद दर १५७ रुपैयाँ ७३ पैसा र बिक्री दर १५८ रुपैयाँ ४५ पैसा रहेको छ । कतारी रियालको मूल्य एकको खरिद दर ३६ रुपैयाँ १४ पैसा र बिक्री दर ३६ रुपैयाँ ३० पैसा रहेको राष्ट्र बैंकले जनाएको छ ।

यस्तै मलेसियन रिंगिट एकको खरिद दर २९ रुपैयाँ ४६ पैसा रहेको छ र बिक्री दर २९ रुपैयाँ ६० पैसा रहेको छ भने साउदी अरबियन रियल खरिद दर ३५ रुपैयाँ १४ पैसा र बिक्री दर ३५ रुपैयाँ ३० पैसा रहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: १९ फाल्गुन २०७९, शुक्रबार  ०६ : २२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।