एक सातामा कुन तरकारीको भाउ कति बढ्यो ?


कालिमाटी फलफूल तथा तरकारी बजारमा एक साताको अवधिमा अधिकांश तरकारीको भाउमा वृद्धि भएकोे छ ।

कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकमा तरकारीको भाउमा सामान्य वृद्धि भएको देखिएको हो ।

अघिल्लो साता १५ रुपैयाँमा बिक्री भएको स्थानिय काउली अहिले ३० रुपैयाँमा बिक्री भइरहेको छ । अघिल्लो साता ८० रुपैयाँमा बिक्री भएको अदुवा अहिले ९० रुपैयाँ पुगेको छ ।

यस्तै कागती २३०, सुकेको खुर्सानी ४२३ रुपैयाँ, गाँजर २८ रुपैयाँ, कन्य च्याउ १६२ रुपैयाँ, डल्ले च्याउ ३२५ रुपैयाँ, तितो करेला १३६ रुपैयाँ, तोरीको साग ३५ रुपैयाँ, प्रतिकिलो सुकेको भारतीय प्याजको भाउ ३० रुपैयाँ, हरियो प्याज ४६ रुपैयाँ, लोकल बन्दा १७ रुपैयाँ, ब्रोकाउली ५६ रुपैयाँ , भान्टा लाम्चो ७६ रुपैयाँ, भिण्डी १२० रुपैयाँ कायम गरिएको छ ।

गत साता कागती २१० रुपैयाँ, सुकेको खुर्सानी ४०० रुपैयाँ, गाँजर २५ रुपैयाँ, कन्य च्याउ १४० रुपैयाँ, डल्ले च्याउ २५० रुपैयाँ, तितो करेला १२० रुपैयाँ र तोरीको साग २० रुपैयाँ, सुकेको भारतीय प्याजको भाउ ३१ रुपैयाँ, हरियो प्याज ३० रुपैयाँ, पुदिना ३५० रुपैयाँ, लोकल बन्दा १५ रुपैयाँ, ब्रोकाउली ३० रुपैयाँ, भान्टा लाम्चो ६० रुपैयाँमा किनबेच भएको थियो ।

यता रातो आलु, सेतो आलु, हरियो धनिँया, हरियो खुर्सानी भने यथावत् रहेको छ । अघिल्लो साता २५ रुपैयाँमा बिक्री भएको रातो आलु, १७ रुपैयाँका बिक्री भएको सेतो आलु र ९० रुपैयाँमा बिक्री भएको हरियो धनियाँ अहिले पनि सोही मूल्यमा बिक्री भइरहेको छ ।

यस्तै ठूलो गोलभेडा, पुदिनाको भाउ भने घटेको छ । अघिल्लो साता ५० रुपैयाँमा किनबेच भएको गोलभेडा अहिले ४५ रुपैयाँमा किबेच भइरहेको छ भने ३५० रुपैयाँमा किनबेच भइरहेको पुदिना अहिले २३५ रुपैयाँमा किनबेच भइरहेको छ ।

यसैगरी प्रतिकिलो १८० रुपैयाँमा बिक्री भएको कालो अंगुर अहिले २१३ रुपैयाँ रुपैयाँमा खरिद बिक्री भइरहेको छ । हरियो अंगुर अघिल्लो साता कै भाउ १२० रुपैयाँमा बिक्री भइरहेको छ भने भारतीय सुन्तला अघिल्लो साताको भन्दा १० रुपैयाँले घटेर १२० रुपैयाँमा खरिद बिक्री भइरहेको छ । अनारमा ३० रुपैयाँले वृद्धि भइ २९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ ।

कालीमाटी तरकारी बजारले निर्धारण गरेको उल्लेखित मूल्य बजारका अन्य स्थानमा फरक पर्न सक्छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।