मुक्तिनाथ विकास बैंकले मर्जर तथा एक्विजिशनमा देखायो इच्छा, साधारण सभामा प्रस्ताव लैजाँदै


मुक्तिनाथ विकास बैंकले कास्कीको पोखरामा साधारण सभा आह्वान गरेको छ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको लाभांस पारित गराउनुका साथै नियमित प्रकृया पुरा गर्न मंसिर ३० गते साधारण सभा बोलाएको हो ।

बैंकले केही समय अघि निष्काशित २० प्रतिशत हकप्रदले समेत पाउने गरि १७.६० प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि ०.९३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव साधारण सभाले पारित गर्दैछ ।

साधारण सभा प्रयोजनका लागि बैंकले मंसिर २३ गते शेयरधनी दर्ता पुस्तिका बन्द गर्ने भएको छ । मंसर २२ गते आइतबारसम्म बैंकको शेयर किन्नेहरुले मात्र बैंकको प्रस्तावित लाभांस पाउने छन् ।

बैंकले साधारण सभामा अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जर तथा विलय प्रकृयालाई पनि अघि बढाउने प्रस्ताव पारित गर्दैछ । उपयुक्त संस्थाको खोजी तथा प्रकृया अघि बढाउन सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव साधारण सभाले पारित गर्दैछ ।

३ अर्ब ६७ करोड ७७ लाख रुपैंया चुक्ता पूँजी रहेको बैंकको प्रस्तावित बोनस वितरण पश्चात चुक्ता पूँजी ४ अर्ब ३२ करोड रुपैयाँ नाघ्नेछ ।