नारी दिवसको अवसरमा सानिमा नारी बचत खातामा विशेष योजना


सानिमा बैंैकले अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा “बचत र क्यासब्याक संगसंगै” योजना सार्वजनिक गरेको छ ।

उक्त योजना २०७९ चैत्र १ गतेसम्म लागू हुनेछ । योजना अवधिभर नारी बचत खाता खोल्ने ग्राहकलाई बैंकले निःशुल्क डेबिट कार्ड र मोबाइल बैंकिङ्ग जारी गरिनेछ ।

यसका साथै, उक्त ग्राहकहरुलाई कार्ड वा क्यु आर कोडबाट गरिने पहिलो भुक्तानीमा १० प्रतिशत वा ५०० रुपैयाँसम्मको क्यासब्याक प्रदान गरिनेछ । क्यासब्याक २०७९ चैत्र १७ गतेसम्म गरिने कारोबारमा लागू हुनेछ ।

सानिमा बैंकले नारीहरुको सम्मानमा यो योजना ल्याएको जनाएको छ । सानिमा नारी बचत खाता बैंकको वेबसाइटमा गई अनलाइनबाट खोल्न सकिने बैंकद्धारा जारी विज्ञप्तिमा उल्लेख छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।