१० अर्ब ६० करोडको म्युचुअल फण्डका इकाई बिक्रीका लागि अनुमति माग


धितोपत्रको दोस्रो बजारमा जोखिम लिन नचाहने लगानीकर्ताका लागि साढे १० अर्ब ६० कराेड रुपैयाँ बराबरको सामुहिक लगानी कोष योजनाको इकाई बिक्रीका लागी आउने भएको छ ।

दश वटा सामुहिक लगानी कोष योजनाहरुले लगानीकर्ताहरुका लागि प्राथमिक बजारमा नै १० अर्ब ६० करोड रुपैयाँ बराबरकाे १ अर्ब ६ कराेड म्युचुअल फण्डका इकाई बिक्रीमा ल्याउन विभिन्न समयमा नियामक निकाय धितोपत्र बोर्ड (सेबोन) सँग अनुमति माग गरेका हुन् । २०७८ भदौदेखि २०७९ फागुन ४ गतेसम्ममा यो संख्याको इकाई जारीका लागि अनुमति माग गरेका हुन् ।

२०७९ फागुन ४ गतेसम्ममा एनएमबि हाइब्रिड फण्ड एल-२, कुमारी सबल योजना, एनआइबिएल स्टेबल फण्ड, प्रभु सिस्टमेटिक इन्भेष्टमेन्ट, हिमालयन ८०-२०, लक्ष्मी भ्यालु फण्ड-२, सिटिजन सुपर ३०, मेगा म्युचुअल फण्ड-२, एनआइसी एशिया ग्रोथ फण्ड र आरबीबी म्युचुअल फण्ड-२ ले कुल १ अर्ब ६ करोड इकाई बिक्रीमा ल्याउने भएका हुन् ।

बिक्रीमा आउने १० मध्ये प्रभु सिस्टमेटिक इन्भेस्मेन्टले सबैभन्दा कम ४ करोड इकाइ बिक्रीमा ल्याउनेछ । याे खुलामुखी प्रकृतिकाे योजना हाे । बाँकी ९ वटा भने बन्दमुखी प्रकृतिका योजना बिक्रीमा आउन लागेका हुन् ।

एनआइसी एशिया ग्रोथ फण्डले सबैभन्दा धेरै २ अर्बकाे २० करोड इकाइका  बिक्रीका लागि सेबोनसँग अनुमति मागेकाे छ । यस्तै एनएमबि हाइब्रिड फण्ड एल-२  र आरबीबी म्युचुअल फण्ड-२ ले १२/१२ कराेड इकाई जारी गर्न अनुमति मागेका छन् । कुमारी सबल योजना, एनआइबिएल स्टेबल फण्ड, हिमालयन ८०-२०, सिटिजन सुपर ३० र मेगा म्युचुअल फण्ड-२ गरी पाँच वटाले १०/१० कराेड इकाई जारी गर्ने भएका हुन् । लक्ष्मी भ्यालु फण्डले ८ करोड इकाई जारी गर्न जारी गर्न अनुमति माग गर्दै सेबोनमा निवेदन दिएकाे छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।