ग्लोबल आइएमई बैंकले ९ महिनामा कमायो पौने दुई अर्ब, ३२ प्रतिशतले बढ्यो नाफा

0
Shares

ग्लोबल आइएमई बैंकले चालू आर्थिक वर्षको तेस्रो त्रैमास अवधिमा एक अर्ब ८७ करोड खुद नाफा गरेको छ । बैंकको नाफा गतबर्षको यसै अवधिको तुलनामा ३२.५६ प्रतिशत बढी हो । गत बर्षको चैतमा बैंकले एक अर्ब ४५ करोड कमाएको थियो ।

समीक्षा अवधिको तुलनमा चुक्ता पूँजी बढाएको बैंकका अधिकांश सूचकहरु सकारात्मक रहेका छन् । खराब कर्जामा उल्लेखीय घटाएको बैकको निक्षेप, कर्जा बढेको छ । संचालन तथा खुद नाफा बढाएको बैंकको प्रतिशेयर आम्दानीमा सुधार आएको छ । बैंकको आधार ब्याजदर तथा कोषको लागत समेत घटेको छ ।

बैंकले प्रकाशित गरेको नेपाल फाइनान्सियल रिपोर्टिङ स्ट्याण्डर्ड रिर्पोट अनुसार बैंकको वितरण योग्य नाफा एक अर्ब ४१ करोड छ ।

समीक्षा अवधिमा बैंकको निक्षेप संकलन भन्दा कर्जा विस्तारको प्रतिशत उच्च रहेको छ । चालू आर्थिक वर्षको ९ महिना अवधिमा बैंकले कर्जा लगानी १६ प्रतिशतले बढाउँदा निक्षेप संकलन ११ प्रतिशतले मात्र बढाएको छ । बैंकले एक खर्ब १६ अर्ब निक्षेप उठाएर एक खर्ब ३ अर्ब कर्जा लगानी गरेको छ । बैंकको कर्जा निक्षेप अनुपात ७८.७६ प्रतिशत छ ।

यस अवधिमा बैंकले आफ्नो संचालन नाफा ३१ प्रतिशत तथा खुद ब्याज आम्दानी ४२ प्रतिशतले बढाएको छ । बैंकले यस अवधिमा ३ अर्ब ८६ करोड खुद ब्याज आम्दानी गरेको छ ।

समीक्षा अवधिमा बैंकले आफ्नो खराब कर्जा अनुपात घटाउँदै लगेको छ । गत आर्थिक वर्षको ९ महिना अवधिमा बैंकमा १.२९ प्रतिशत खराब कर्जा अनुपात घटेर ०.७६ प्रतिशतमा झरेको छ ।

यस्तै नाफा बढाएपछि बैंकको प्रतिशेयर आम्दानी २१ रुपैयाँ बाट २४ रुपैयाँ पुगेको छ । बैंकको प्रतिशेयर नेटवर्थ १४९ रुपैयाँ र मूल्य आम्दानी अनुपात ११.१९ गुणा मात्र बढी रहेको छ।

हाल बैंकको चुक्ता पूँजी १० अर्ब ३१ करोड ५ लाख पुगेको छ। त्यस्तै जगेडाकोषमा ५ अर्ब १२ करोड राखेको छ । यस अवधिमा बैंकको आधार ब्याजदर तथा कोषको लागत समेत घटेको छ ।