सिक्लेस हाइड्रोपावर कम्पनी लिमिटेडले चैत २० गते साधारण सभा बोलाएको छ ।
फागुन २९ गते बसेको सञ्चालक समिति बैठकको निर्णय अनुसार पोखरामा रहेको आभ्या क्लब, घारीपाटनमा सभा आह्वान गरिएको हो ।
सभाले संचालक समितिबाट सिफारिस भए बमोजिम २०७९ असार मसान्तसम्मको सञ्चित मुनाफाबाट चुक्ता पुँजीको १०.५२६ प्रतिशत कर सहितको नगद लाभांस वितरणको प्रस्ताव स्वीकृत गर्ने छ ।
आर्थिक वर्ष २०७८\७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८\७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।
साथै सभाले लेखापरीक्षण कार्यको लागि लेखापरिक्षक नियुक्त एंव निजको पारिश्रमिक निर्धारण गर्ने छ । कम्पनीले चैत १३ गते सोमबार बुकक्लोज गर्ने मिति तोकेको छ ।
बुकक्लोज अनुसार चैत १२ गते आइतबारसम्म नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) मा सेयर कारोबार भई प्रचलित कानुन बमोजिम शेयर नामसारी भई कायम शेयरधनीहरुले मात्र सभामा भाग लिन सक्ने छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।












प्रतिक्रिया