बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार बाँडफाँड हुने


बिपिडब्लु लघुवित्तको आइपीओ शुक्रबार (चैत ३ गते) बाँडफाँड हुने भएको छ । बिक्री प्रबन्धक मेगा क्यापिटलका अनुसार शुक्रबार बिहान ११ बजे आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो ।

सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार उत्त आइपिओमा १५ लाख ३२ हजार ९७३ वटा आवेदन मार्फत १ करोड ६७ लाख ६५ हजार ५० कित्ताले हुन आउने १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको माग परेको छ ।

यो मागभन्दा २०७।१० गुणा बढी हो । ८ हजार ९५ जनाले ८० हजार ९५० कित्ता सेयर हात पार्ने छन् । लघुवित्तले फागुन १८ गतेदेखि २३ गतेसम्म आफ्नो जारी पुँजी ३ करोड रुपैयाँको ३२.३३५ ले हुन आउने ९७ लाख रुपैयाँ बराबरको आइपीओ बिक्रीमा ल्याएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।