मुक्तिनाथका कार्डवाहकलाई ‘वाइट अरर्किड रिर्सोट’ र सुर्यविनायक मेडिकल स्टोरमा विशेष छुट

0
Shares

मुक्तिनाथ विकास बैंक लिमिटेडले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” र “सुर्यविनायक मेडिकल स्टोर” सँग सम्झौता गरेको छ ।

आफ्ना भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुलाई थप सेवा दिन र विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्नेगरि सम्झौता भएको हो ।

यस सम्झौता पश्चात मुक्तिनाथ विकास बैंकका भिषा डेविट कार्डवाहक तथा मोबाइल बैंकिङ्ग ग्राहकहरुले सुर्यविनायकको “वाइट अरर्किड रिर्सोट” मा फुड, बेभरेज एण्ड एकोभमामा विशेष १० प्रतिशत छुट र “सुर्यविनायक मेडिकल स्टोर” विभिन्न सेवाहरुमा विशेष १० प्रतितशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।

साथै, बैंकले डिजिटल कारोबारलार्ई प्रोत्साहन गर्न यस विकास बैंकको एटिएम कार्ड प्रयोग गरी नेपालभरी रहेको भिसा नेटवर्कमा आवद्ध अन्य जुन सुकै बैंकको जुनसुकै मेसिनबाट निशुल्क रकम झिक्न सकिने व्यवस्था गरेको छ ।

साथै बैंकहरुले प्रिपेड डलर कार्ड, मोबाईल बैंकिङ्ग, क्यूआर कोड, अनलाईन कर्जा आवेदन, अनलाईन खाता खोल्ने, ईन्टरनेट बैंकिङ्ग, खाता मै रेमिट्यान्स जम्मा तथा मिस्डकल बैंकिङ्ग जस्ता सेवाहरु दिइरहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।