एफपीओ पारित गर्न नयाँ सारथी लघुवित्तले डाक्यो साधारण सभा


नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेडले एफपीओ जारी गर्ने प्रस्ताव पारित गर्न चैत्र २८ गते बार्षिक साधारणसभा आह्वान गरेको छ ।

चैत ४ गते बसेको सञ्चालक समितिको बैठकले १४औँ बार्षिक साधारणसभाको मिति तय गरेको हो । सभा चैत्र २८ गते मंगलबार धुलिखेल होटल जुगलमा हुनेछ ।

सभाले आर्थिक वर्ष २०७र७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १९ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १ प्रतिशत नगद लाभांश गरी कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले सर्वसाधारणको लागि छुट्याएको साधारण सेयर सम्बन्धित निकायबाट स्वीकृति लिई थप सार्वजनिक निष्कासन (एफपीओ) र पूँजी बृद्धि लगायतका विषयमा प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्ने छ ।

यस्तै सभाले नयाँ सारथी लघुवित्त वित्तीय संस्था लिमिटेड र विजय लघुवित्त वित्तीय संस्था लिमिटेड बिच एक आपसमा गाभ्नेरगाभिने (मर्जर गर्ने)कार्य प्रयोजनका लागि सेयर आदान प्रदान अनुपात (एक सेयर बरावर एक सेयर) लाई पारित गरी मर्जरलाई स्वीकृति प्रदान गर्ने छ ।
आर्थिक वर्ष २०७८\७९ को प्रतिवेदन, लेखापरिक्षक प्रतिवेदन, अन्य वित्तीय विवरण र अनुसूचीहरु छलफल गरि पारित गर्ने छ । यस्तै आर्थिक वर्ष ७९\८० को लागि लेखापरीक्षक नियुक्त गरि निजको पारिश्रमिक तोक्ने लगायतका प्रस्ताव पेश हुने छन् ।

लघुवित्तले साधारणसभा प्रयोजनको लागि चैत्र १५ गते देखि चैत २८ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ । बुकक्लोज अनुसार चैत्र १४ गतेसम्म नेप्सेमा सेयर कारोबार गरी कायम रहने सेयरधनीले मात्र लाभांश पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।