भक्तपुरको गठ्ठाघरमा बाजेको सेकुवा


भक्तपुरको गट्ठाघरमा बाजेको सेकुवाले शाखा बिस्तार गरेको छ । भक्तपुरमा पहिलो शाखा बिस्तार गरिएको बाजेको सेकुवाले जनाएको छ ।

ललितपुरको कुमारीपाटी र अमेरिकाको डालासमा शाखा बिस्तार भए लगत्तै भक्तपुरको गठ्ठाघरमा शाखा बिस्तार गरिएको हो । गट्ठाघर शाखामा प्रत्यक्ष रुपमा २५ जनाले रोजगारी पाएको विज्ञप्तिमा उल्लेख छ ।

नेपालगन्ज, वीरगन्ज, धनगढी, हेटौंडाका साथै नेपाल बाहिर अमेरिकामा थप केही शाखा, अस्ट्रेलिया, जापान र बेलायतमा पनि शाखा बिस्तार गर्ने बाजेको सेकुवाले जनाएको छ ।

उपत्यका बाहिर पोखरा, चितवन र बुटवलमा फ्रान्चाइज मोडेलमा बाजेको सेकुवाले रेस्टुरेन्ट सञ्चालन गरिरहेको छ । अमेरिकाको न्युयोर्कमा पनि बाजेको सेकुवा ‘द हिमालयन ग्रिल’ का रुपमा फ्राञ्चाइज सञ्चालनमा छन् ।

काठमाडौं उपत्यकाको सिनामङ्गलबाट चार दशक अघि सुरु भएको बाजेको सेकुवा रेस्टुरेण्ट अन्तर्गत अहिले उत्यकाबाहिर ३, उपत्यका भित्र ९ अमेरिकामा २ गरी १४ आउटलेटहरु सञ्चालनमा छन् । जसमा अनामनगर, स्रोहखुट्टे, गैरीधारा र बत्तीसपुतलीलाई बाजेको सेकुवाले आफ्नै लगानीमा प्रवद्र्धन गरेको छ भने बाँकी सबै फ्रेन्चाइज हुन ।