नेपाल लाइफको सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक

0
Shares

नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरेको छ ।

चैत्र ०९ गते विहीबार कम्पनीको प्रधान कार्यालय कमलादीमा आयोजित एक विशेष समारोहका बीच सो योजना सार्वजनिक गरिएको हो । कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले उक्त बीमा योजनाको सार्वजनिक अनावरण गरे ।

आफु तथा आफ्नो परिवारलाई आर्थिक संकटको सामना कहिल्यै पनि गर्न नपरोस् र आफ्नो वृद्ध अवस्था सम्म पनि आफु आर्थिक रुपमा कसैको भर पर्न नपरोस् भन्ने सामाजिक मनोविज्ञानलाई आत्मसाथ गर्दे एकै बीमा योजनाबाट दुई किसिमको सुविधा उपयोग गर्न पाउने गरी नेपाल लाइफले “नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना” सार्वजनिक गरेको हो ।

“सुरक्षा, बचत र पेन्सनको साथ, सुनौलो भविष्यको सुरुवात” भन्ने नाराका साथ नेपाल लाइफ सुनौलो भविष्य जीवन बीमा योजना सार्वजनिक गरिएको कम्पनीले जनाएको छ । एउटै बीमा योजनाबाट दुई किसिमको सुविधा प्राप्त गर्न सकिने यो जीवन बीमा योजना सावधिक अग्रिम भुक्तानी तथा आजीवन बीमा (मुनाफामा सरिक हुने) हो । जसमा बीमितको प्रवेश उमेर १८ वर्ष देखि ६५ वर्ष रहने तथा न्यूनतम बीमाशुल्क भुक्तानी अवधि ५ वर्ष देखि अधिकतम बीमाशुल्क भुक्तानी अवधि ३५ वर्र्ष सम्म हुनेछ । यो योजनाको न्यूनतम बीमाङ्क रकम २५ हजार रुपैयाँ तथा अधिकतम बीमाङ्क रकम आयश्रोतको आधारमा निर्धारण गर्न सकिनेछ ।

यो योजनाले न्युन बीमाशुल्कमा बचत र सुरक्षा एकै साथ प्रदान गर्दछ । यो योजना अन्तर्गत जोखिम बहनको अतिरिक्त बीमितलाई बीमालेख अवधिभर बचत गर्न प्रोत्साहन गर्दछ । यस योजनाले तपाईंको अवकाशपछिको आर्थिक आवश्यकतालाई समेत समेट्दछ । यस योजनामा दुईवटा विकल्पहरु समावेश गरिएका छन् जसमध्य आफ्नो इच्छा र आवश्यकता अनुरुप बीमितले कुनै एउटामात्र विकल्पको छनोट गर्न सक्दछ ।

विकल्प १ अन्तर्गत बीमालेख परिपक्व भएमा बीमा अवधि समाप्तिमा बीमाङ्क रकम + आर्जित बोनश, एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमा भुक्तानी अवधि समाप्तिमा बीमालेखमा उल्लेख भएको बीमाङ्क रकम दिइने छ र भुक्तानी अवधि समाप्ति पछि प्रत्येक वर्ष बीमाङ्कको ५% रकम बीमितको उमेर ७९ वर्ष नपुगन्जेल सम्म बीमितलाई प्रदान गरिन्छ । साथै बीमित ८० वर्ष पुरा भएपछि बीमाशुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस बीमितलाई प्रदान गरिनेछ ।

बीमालेख चालु रही बीमा भुक्तानी अवधि भित्र जुनसुकै कारणबाट (बीमालेख अन्तर्गत नपर्ने जोखिमहरु बाहेक) बीमितको मृत्यु भएमा विकल्प १ अन्तर्गत बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ भने विकल्प २ अन्तर्गत बीमितको मृत्यु भएमा बीमाङ्क रकम + आर्जित बोनश एकमुष्ट दिइने छ तर भुक्तानी अवधि समाप्ति पछि मृत्यु भएमा बीमाङ्कको ५०% रकम + बीमाशुल्क भुक्तानी अवधि सम्म आर्जित बोनस रकम एकमुष्ट भुक्तानी दिइनेछ ।

विकल्प १ र विकल्प २ दृुबैमा ऋण तथा समर्पण सुविधा रहेको छ । वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य प्राप्त गर्न सकिनेछ भने वार्षिक ३ किस्ता बीमाशुल्क भुक्तानी गर्नुको साथै बीमा प्रारम्भ मितिबाट ३ वर्ष पुरा भए पश्चात सर्मपण मुल्य को ९०% ऋण प्राप्त गर्न सकिने कम्पनीले जनाएको छ । दुर्घटना मृत्यु लाभ सुविधा, बीमाशुल्क छुट तथा पूर्णअशक्तता सुविधा, घातक रोग सुविधा जस्ता ऐच्छिक सुविधाहरु समेत उपलब्ध रहेका छन् ।

कार्यक्रममा बोल्दै यस कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयालले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको बताए । यस योजनालाई आम ग्राहकहरुको आजको आवस्यकतालाई मध्यनजर गर्दै सार्वजनिक गरिएको उनको भनाई छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।