भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओ बाँडफाँड, स्थानीयले पाए मागे जति सेयर


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीले आयोजना प्रभावित क्षेत्रका वासिन्दाका लागि निष्काशन गरेको आइपीओ बाँडफाँड भएको छ । कम्पनीले फागुन ८ गतेदेखि चैत ७ गतेसम्म आइपीओ निष्काशन गरेको थियो ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको १० प्रतिशत अर्थात ५ करोड ४४ लाख ५ हजार ३०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका ५ लाख ४४ हजार ५३ कित्ता साधारण सेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्कासन गरेको थियो ।

सोमध्ये अति प्रभावित क्षेत्र नौमुले द्वारी ३ दैलेखमा स्थायी बसोबास गर्ने स्थानिय बासिन्दाहरुको लागि २ लाख ७२ हजार २६ कित्ता तथा आयोजना प्रभावित क्षेत्र दैलेख जिल्ला (नौमुले द्वारी ३ बाहेक) का स्थानिय बासिन्दाहरुका लागि २ लाख ७२ हजार २७ कित्ता सेयर बाँडफाँड गरिएको छ ।

स्थानियबासीले १० कित्ता देखि ९ हजार ९९० कित्ता सम्म आबेदन दिने आवेदकलाई माग बमोजिम सेयर बाँडफाँड गरिएको कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेडले जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।