प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने


प्राइम कमर्सियल बैंकले ९ लाख कित्ता संस्थापक सेयर बिक्री गर्ने भएको छ ।

बैंकले संस्थापक सेयरधनीहरुको नाममा रहेको ९ लाख कित्ता संस्थापक सेयर बोलपत्रद्वारा बिक्री गर्ने भएको हो ।

सेयर खरिद गर्न चाहने इच्छुक व्यक्ति, संस्था वा कम्पनीले बैंकको सेयरमा चैत २१ गते देखि २९ गते ३ बजेभित्र बिक्री प्रवन्धक सानिमा क्यापिटल लिमिटेड नक्साल काठमाडौंमा सम्पर्क गर्न सक्नेछन् ।

आवेदकले न्युनतम १ हजार कित्ताको लागि आवेदन दिन सक्नेछन् भने बढीमा पुरै कित्ता अर्थात ९ लाखसम्मको लागी आवेदन दिन सक्नेछन् ।

सेयर खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । सेयर बिक्री मूल्य भने बिक्रेताले तोकेबमोजिम हुनेछ । कारोबार गर्दा लाग्ने शुल्क खरिदकर्ताले व्यहोर्नु पर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।