सुस्तायो सेयर बजार, दैनिक कारोबार रकम एक अर्ब पनि पुग्न छाड्यो

0
Shares

पछिल्लो समयमा सेयर बजारमा दैनिक एक अर्बको पनि कारोबार हुन छाडेको छ । सेयर बजार सुस्ताएपछि लगानीकर्ताहरुले सेयर किनबेचको क्रमलाई घटाउदा दैनिक कारोबार एक अर्ब समेत पुग्न सकेको छैन ।

पछिल्लो दुई दिन यता सेयर कारोबार झनै सुस्ताएको छ । बुधबार करिब ८० करोड बराबरको सेयर किनबेच भएको सेयर बजारमा विहीबार ८९ करोड ९५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

यसदिन नेप्से सूचक १० अंकले घटेर १९०८ को विन्दुमा झरेको छ । नेप्सेमा सूचीकृत २५४ कम्पनीको २७ लाख ५० हजार ६५५ कित्ता शेयर किनबेच भएको छ।

विहीबारको बजारमा १३ उपसूचक मध्ये होटल तथा पर्यटन उपसूचक र म्युचुअल फण्ड उपसूचक बाहेकका सबै उपसूचक राताम्य रहेका छन् । आज ४९ कम्पनीको शेयर मुल्य बढेको छ भने १५७ कम्पनीको शेयर मुल्य घटेको छ भने ९ कम्पनीको शेयरमूल्य स्थिर रहेको छ ।

आज सुपरमाइ हाइड्रोपावर कम्पनीको शेयरमूल्य ९.९९ प्रतिशतले बढेर प्रतिकित्ता ५७२.४० रुपैयाँ पुगेको छ । आदर्श लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य सर्वाधिक ६ प्रतिशत भन्दा बढीले घटेको छ । आज सबैभन्दा बढी शिवम सिमेन्टको ५ करोड रुपैयाँ बढीको कारोबार भयो।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।