नेपाल लाइफद्वारा २०८० सालको क्यालेन्डर सार्वजनिक


नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले वि.सं. २०८० सालको क्यालेन्डर सार्वजनिक गरेको छ । बिहीबार कम्पनीको केन्द्रीय कार्यालय कमलादीमा आयोजित समारोहका बीच क्यालेन्डर सार्वजनिक गरिएको हो ।

कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमित कुमार कयाल, नेसनल सेल्स हेड उमापति पोखरेल, प्रमुख संचालन अधिकृत ओम प्रकाश पुडासैनी र प्रमुख वित्त अधिकृत प्रेम प्रसाद रेग्मीले संयुत्त रुपमा क्यालेन्डर अनावरण गरेका हुन् ।

बिदाको सूची पर्व, दिवस, पञ्चांग तिथि, तारिख समावेश गरि क्यालेन्डर सार्वजनिक गरिएको हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।