माउण्टेन डिउको नयाँ प्रचार सार्वजनिक

0
Shares

माउण्टेन डिउले अभिनेता अनूप विक्रम शाहीको साथमा डरको अगाडि जीत छ भन्ने मन्त्रलाई दोहोर्याएको छ । कम्पनीले ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीलाई नयाँ टिभिसिले एउटा ठूलो जोखिमपूर्ण स्टन्टमा प्रस्तुत गरेको हाे ।

माउण्टेन डिउले सधैं नै साधारण र असाधारणबीचको भिन्नता भनेको डर र आत्म शंकाभन्दा पर जाने निर्णय हो भन्ने मान्यतालाई कायमै राखेको छ । नेपाली युवाहरुलाई पकड राख्ने र चिन्तनशील विचारको सिनेम्याटिक टिभिसि मार्फत् उनीहरु भित्रको डरभन्दा बाहिर निस्कन अभिप्रेरित गर्दै आएको प्रयासलाई निरन्तरता थप्दै माउण्टेन डिउले ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाही अभिनीत आफ्नो नयाँ फिल्म सार्वजनिक गरेको छ ।

जिन्दगी–भन्दा–ठूलो, अत्यन्त जोखिमयुक्त स्टण्ट र प्रेरणादायी कथा भएको यो नयाँ प्रचार अभियानले ब्राण्डको विद्यमान “डरको अगाडि जीत छ” भन्ने मूल मन्त्रलाई नेपाली उपभोक्ताहरुमाझ अझ व्यापक बनाउने विश्वास गरिएको छ ।

अत्यन्त जोखिमले भरिएको फिल्म अनूपले एउटा कार्गो प्लेनमा एकदमै उच्च स्थानबाट यसभन्दा अघि कहिल्यै नगरेको बिना सहायता हामफाल्ने स्टण्ट गर्न लागेकोबाट शुरु हुन्छ, जुन स्टण्टको टेलिभिजनमा प्रत्यक्ष प्रसारण गरिरहेको हुन्छ । जब उसको समुहले स्टण्टको जोखीम स्थानमा औल्याउँदछ तब हामीले अनूपले आफ्नो् अगाडि आएको छनौटको मुल्याँकन गरेर चिन्ता लिएको देख्छौं । त्यस्तैमा उसले माउण्टेन ड्युको एक चुस्कि पिए पश्चात् उसको मुहारमा आएको दृढता देखिन्छ र उसले चुनौतीको सामना निर्धक्कपूर्वक गर्दछ अनि सबैका सामू ऊ विजेता बनेर उभिन्छ ।  फिल्ममा माउण्टेन डिउको विश्वासलाई दर्शाइएको छ, जस अनुसार अगाडि आइपरेको चुनौतीहरु सामना गर्नु पर्दा त्यहाँ २ रोजाईहरु हुन्छन् या त डरदेखि डराएर भाग्ने अथवा डरलाई जितेर अगाडि बढ्ने–यही नै त्यो रोजाई हो जसले वास्तविक हिरोहरुलाई बाँकी अरुभन्दा भिन्न राख्दछ ।

पेप्सीको, नेपालका वरिष्ठ मार्केटिङ्ग डाइरेक्टर अनुज गोयलले प्रचार अभियानको बारेमा जानकारी “डरको अगाडि जीत छ” भन्ने आदर्श वाक्यका साथ माउण्टेन डिउले सधैं नै जोखिम मोल्नेहरुलाई सलाम गर्दै आएको छ र ग्राहकहरुलाई उनीहरुको डरसंग जुधेर, कठिनाईहरुको सामना गर्दै सफलता चुम्न हौस्याउँदै आएको बताए ।

उनले भने, “हाम्रो नयाँ रोमाञ्चकारी र अत्यन्त जोखीमपूर्ण स्टण्टमार्फत् माउण्टेन ड्युले वास्तविक हिरोहरु ती हुन् जसले उनीहरुको अगाडि आइपरेको चुनौतीको डटेर सामना गर्दछन् र विजेता बनेर उभिन्छन् भनेर दर्शाउने लक्ष्य लिएको छ । हामी आशावादी छौं कि हाम्रा उपभोक्ताहरु र अनूपका प्रशँसकहरुले माउण्टेन ड्युसंगको डरको अगाडि जीत छ भन्ने यो विश्वासलाई गुञ्जायमान गराउनु हुनेछ ।”

ब्राण्ड सद्भावनादूत अनूप विक्रम शाहीले टिभिसि सुटिङ्ग गर्दाको आफ्ना् अनुभव सुनाउँदै भने, “माउण्टेन डिउको लागि यो नयाँ रोमाञ्चक विज्ञापन सूट गर्नु मेरो लागि एक मुटु कमाउने अनुभव रह्यो । सधैंजसो यसप्रकारको प्रतिष्ठित ब्राण्डसंग आबद्ध हुन पाउनु र डरको अगाडि जीत छ भन्ने आदर्श, जसलाई मैले पनि अँगीकार गरेको छु, त्यसलाई समर्थन गर्न पाउनुले मलाई हर्षित बनाएको छ ।”

नयाँ प्रचार अभियानले नेपालका युवाहरुलाई प्रोत्साहित गर्ने विश्वास आफूलाई रहेको र उनीहरुलाई उनीहरुका डरहरुसँग जुध्न हिम्मत जुटाउनेमा विश्वस्त रहेको उनले बताए ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।