एनएलजी इन्स्योरेन्सको लाभांश पारित,अधिकृत पूँजी ३ अर्ब पुर्याउने

0
Shares

एनएलजी इन्स्योरेन्स कम्पनी लिमिटेडको सत्रौं वार्षिक साधारण सभासमपन्न भएको छ । कम्पनीको सोमबार बसेको १७ औं वार्षिक साधारण सभाले प्रस्तावित १०.५२ प्रतिशत लाभांश पारित भएको हो ।

कम्पनीको संचालक समितिले गत वर्षको नाफाबाट सेयरधनीलाई १० प्रतिशत बोनस सेयर र ०.५२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

यस्तै, सभाले कम्पनीको अधिकृत पूँजी १.५० अर्बबाट वृद्धि गरी ३ अर्ब पुर्याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

सभामा संचालक समितिको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७८/०७९ को लेखापरीक्षकको प्रतिवेदन सहितको लेखापरीक्षण गरीएको २०७९ साल आषाढ मसान्तको वासलात पारित गरिएको छ ।

यसका साथै आव २०७ं८/०७९ को नाफा-नोक्सान हिसाब र नगद प्रवाह विवरण तथा सोसंग सम्बन्धित अनुसूचीहरु लगायत अन्य विषयसूचीहरु उपर छलफल भई पारित गर्ने निर्णय समेत भएको छ ।

सञ्चालक समितिले रिक्त रहेको स्वतन्त्र संचालक पदमा कविराज अधिकारीलाई मिति २०७९-०२-३१ गतेदेखि चार वर्षको लागि नियुक्त गरिएकोमा सभामा उक्त नियुक्ती सर्वसम्मतिबाट अनुमोदन भएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।