सिटी होटलको आइपीओ निष्काशन, कहिलेसम्म भर्न पाइन्छ ?


सिटी होटल लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा लागि १ लाख ६७ हजार ४ सय कित्ता सेयर निष्काशन तथा बिक्री खुला गरेको छ ।

कम्पनीले आफ्नो जारीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता शेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो।

सोमध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता शेयर कर्मचारीहरुका लागि छुट्याइएको छ भने १ लाख ६७ हजार ४०० कित्ता शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

उक्त आइपीओमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आज (चैत २१ गते) देखि २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन्। उक्त आइपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागी आवेदन दिन पाउने छन् ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । उक्त आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ । 

प्रकाशित मिति: २१ चैत्र २०७९, मंगलबार  ०७ : ५९ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।