भूगोल इनर्जीको आईपीओमा ४ गुणा बढी आवेदन


भूगोल इनर्जी डेभलपमेन्ट कम्पनीको आईपीओमा मागभन्दा ३.९७ गुणा बढी आवेदन परेको छ ।

बिहीबारदेखि निष्काशन भएको आइपीओमा शुक्रबार १०ः१५ बजेसम्म ४ लाख ६० हजार ९४७ जनाले ५३ करोड ५९ लाख १ हजार रुपैयाँ बराबारको ५३ लाख ५९ हजार १० कित्ताका लागि आवेदन दिएका हुन् । यो सर्वसाधारको लागि निष्काशन गरिएको कित्तामा मागभन्दा ३.९७ गुणा बढी आवेदन हो ।

आईपीओ चैत २७ गते बन्द हुनेछ । न्यूनतम १० कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति लिई आस्बा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाहरुबाट सि आस्बा प्रणाली मार्फत आवेदन दिन सक्नेछन्। यसका साथै सिडिएस एण्ड क्लियरिङ्गबाट निर्माण गरिएको सफ्टवेयर मेरो सेयर अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीबाट पनि आवेदन दिन सक्नेछन् ।

कम्पनीले जारी पूँजी ५४ करोड ४० लाख ५३ हजार ४०० रुपैयाँको २० प्रतिशत अर्थात १० करोड ८८ लाख १० हजार ७०० रुपैयाँ बराबरको प्रति सेयर १०० रुपैयाँ दरका १० लाख ८८ हजार १०७ कित्ता साधारण सेयर सर्वसाधारणका लागि निष्काशन गरेकोमा स्थानीय बासिन्दाका लागि जारी अवितरित सेयर समेत थप गरेर कुल १३ लाख ४६ हजार ९९३ कित्ता सेयर सर्वसाधारण लगानीकर्ताका लागि आवेदन खुला गरेकाे हाे ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।