बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की


बेन्को मोबाइलको ब्रान्ड एम्बेस्डरमा नायिका प्रियंका कार्की अनुबन्धित भएकी छन् ।

बिहीबार राजधानीको टेकु स्थित अम्बे कम्प्लेक्स टेकुमा रहेको इन वान कम्पनीकै कार्यालयमा कम्पनीका सेल्स एन्ड मार्केटिङ मेनेजर शंकर मैनाली र नायिका कार्कीले औपचारिक रूपमा ब्रान्ड एम्बेस्डर अनुबन्ध भएको सम्झौतामा हस्ताक्षर गरेका हुन् ।

उक्त कम्पनीको बेन्को ब्रान्डको फोनलाइ बिगत ५ बर्ष देखि नेपाल स्थित अम्बे मोबाइल्सले बिक्रीबितरण गर्दै आइरहेको छ । बेन्को ब्रान्ड बजारको प्रतिस्पर्धी ब्रान्ड मध्य धेरै फिचर भएको सुपथ मुल्यमा उपलब्ध ब्रान्ड भएको कम्पनीको दावी छ ।

नायिका कार्की १ बर्षलाई अनुबन्धित भएसँगै फोनको सेल्स बढ्ने अपेक्षा कम्पनी रहेको जारी बिज्ञप्तीमा जनाइएको छ । नायिका कार्कीलाई नै अनुबन्ध गर्नु परेको जिज्ञासामा छिट्टै कम्पनीले आफ्नो फ्ल्यागशिप स्मार्ट फोन मोडल बेन्को एस वान ( Benco S1 ) लन्च गर्न लागेको बताएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।