सिटी होटलको आईपीओमा झण्डै ३ गुणा बढी आवेदन


सिटी होटल लिमिटेडको आईपीओमा झण्डै ३ गुणा बढी आवेदन परेको छ ।

होटलले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुमा लागि चैत २१ गते मंगलबारदेखि १ करोड ६७ लाख ४० हजार रुपैयाँको आईपीओ जारी गरेकोमा ४ करोड ८५ लाख १४ हजार रुपैयाँ बराबरको माग परेको हो ।

बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटलका अनुसार सोमबार बिहान साढे १० बजेसम्म बाट १६ हजार १९१ वटा आवेदन मार्फत ४ करोड ८५ लाख १४ हजार कित्ताको माग परेको हो ।

कम्पनीले आफ्नो जारीको १० प्रतिशत अर्थात १६ करोड ७४ लाख रुपैयाँ बराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित मूल्यका १६ लाख ७४ हजार कित्ता सेयर सार्वजनिक निष्काशनका लागि छुट्याएको थियो । सोमध्ये १० प्रतिशत सेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति प्राप्त गरी विदेशमा रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि निष्काशन गरेको हो ।

कुल सेयरमध्ये ८३ हजार ७०० कित्ता शेयर सामूहिक लगानी कोष र ६६ हजार ९६० कित्ता सेयर कर्मचारीहरुका लागि छुट्याइएको छ ।
उक्त आईपीओमा न्यूनतम १० कित्तादेखि अधिकतम २ हजार कित्तासम्मका लागी आवेदन दिन पाउने छन् । चैत २१ गते मंगलबारदेखि जारी भएको आइपीओमा २०८० साल बैशाख ५ गतेसम्म आवेदन दिन सक्नेछन् ।

इच्छुक आवेदकले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । आईपीओमा २०८० वैशाख ५ गतेसम्म आवेदन दिन सकिन्छ ।

रेटिङ एजेन्सी केयर नेपालले सिटी होटलको आइपीओलाई ‘केयरएनपी डबल बी प्लस इस्यूअर रेटिङ’ प्रदान गरेको छ । जसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औषत जोखिम रहेको जनाउँछ । उक्त आइपीओको बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।