महुली लघुवित्तको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन


महुली लघुवित्त तथा वित्तिय संस्था लिमिटेडले लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन हो ।

लघुवित्तको सभामा भाग लिन, मतदान गर्न र लाभांश प्राप्त गर्न आजै सेयर खरिद गर्नुपर्नेछ ।

संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ चैत २९ गते बुक क्लोज गर्दैछ । महुली लघुवित्तले २०८० साल बैशाख ९ गतेका लागि साधारण सभा आह्वान गरेको छ ।

लघुवित्तको चैत १४ गते सम्पन्न सञ्चालक समितिको १३५ औँ बैठकको निर्णय अनुसार महुली लघुवित्तको केन्द्रिय कार्यालय महुली सप्तरीमा सभा आह्वान गरिएको हो ।  लघुवित्तले गत आर्थिक वर्षको नाफाबाट सेयरधनीहरुलाई १४.२५ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.७५ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्दैछ ।

सभाले लाभांश वितरण गर्नुका साथै आर्थिक वर्ष २०७८\७९ को वार्षिक प्रतिवेदन, लेखापरिक्षकको प्रतिवेदन सहितको आर्थिक वर्ष २०७८\७९ को वासलात, नाफा नोक्सान हिसाब तथा नगद प्रवाह विवरण सहितको वित्तीय विवरणहरु छलफल गरी पारित गर्ने छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।