केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड ‘प्रबल जनसेवाश्री’बाट सम्मानित

0
Shares

केएल दुगड समूहका प्रबन्ध निर्देशक कुमुद दुगड प्रबल जनसेवाश्री’बाट सम्मानित भएका छन्।

निर्देशक दुगडलाई सम्माननीय राष्ट्रपति रामचन्द्र पौडेल ले ‘प्रबल जनसेवाश्री’ मानपदवीबाट विभूषित गरेका हुन्।

मुलुकको समग्र औद्योगिक तथा सामाजिक क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप उद्योगी तथा समाजसेवी कुमुद दुगडलाई सो मानपदवी प्रदान गरिएको हो । उक्त सम्मान कार्यक्रम यही वैशाख १ गते राष्ट्रपति निवास शीतल निवासमा गरिएको थियो ।

निज दुगडको अग्रसरतामा कृषिलाई व्यवसायीकरण र औद्योगीकरण गर्ने तर्फ कृषकहरूलाई अभिप्रेरित गरी कृषिजन्य उद्योग व्यवसायमा विशिष्ट योगदान पुराउँदै उपभोक्ताहरूको स्वास्थ्य सुरक्षाको हक हित र अधिकारको संरक्षणमा महत्त्वपूर्ण योगदान पुराउँदै स्थानीय कच्चा पदार्थमा आधारित उद्योग तथा कृषिजन्य उद्योग व्यवसायको विकास र गर्दै आएका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।