मन्थलीबाट लुक्ला दैनिक एक दर्जन भन्दा बढी उडान गर्दै तारा एयर

0
Shares

पर्यटकीय सिजन शुरु भए संगै सगरमाथा क्षेत्रमा जाने पर्यटकहरुका लागि विभिन्न वायुसेवा कम्पनिहरुले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लासम्म दैनिक ४ दर्जनभन्दा बढी सम्म उडान गर्दै आएका छन ।

यो सिजनमा तारा एयरको ट्वीनअटर विमानले रामेछापको मन्थली विमानस्थलबाट सोलुखुम्बुको लुक्लाका लागि दैनिक १० देखि १५ फ्लाईट गर्दै आएको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अत्याधिक हवाई ट्राफिक बढेसँगै पछिल्लो समय एयरलाइन्सहरुले रामेछापको मन्थलीलाई आधार बनाई लुक्लाका लागि उडान भर्दै आएका हुन् । यो बिमानस्थलबाट तारा एअर लगायत समिट र सिताले पनि उडान भर्दै आएका छन ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुक्लाका लागि एउटा विमानले दैनिक दुई देखि तीन वटा मात्र उडान भर्नसक्ने अवस्था भएपछि मन्थलीबाट लुक्ला उडाउन शुरु गर्न थालेपछि दैनिक एउटै विमानले आठ देखि दस वटा सम्म उडान गर्न थालेका छन् ।

तारा एयरका प्रवक्ता सुदर्शन बर्तौलाले पछिल्लो समय ताराको एउटै विमानले मन्थलीबाट लुक्लासम्म दैनिक पाँचदेखि आठवटा उडान भर्दै आएको जानकारी दिनुभयो । अहिले रामेछापको मन्थली विमानस्थलमा ताराका दुईवटा विमान रहेका छन् ।

“विहानै काठमाडौँबाट गाडीमा मन्थलीसम्म आएर मन्थलीबाट विमान चढेर एकैदिन लुक्ला पुगिने भएपछि विदेशी पर्यटकसमेतलाई सजिलो भएको छ,”– उनले भने।

तारा एअरले मन्थलीदेखि लुक्लामात्र नभएर पोखराबाट जोमसोम तथा नेपालञ्जबाट रारा, हुम्ला, बाजुरा, जुम्ला, डोल्पा लगायतका दुर्गम क्षेत्रमा समेत उडान सेवा दिंदै आएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।