युनाइटेड र अजोड इन्स्योरेन्सले आह्वान गरे विशेष साधारण सभा

0
Shares

युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सले मर्जर प्रक्रिया स्वीकृत गर्ने उदेश्य सहित बैशाख २५ गते सोमबार एकैदिन विशेष साधारण सभा आह्वान गरेका छन् ।

युनाइटेडले काठमाण्डौंको शंखमूलस्थित अनमोल ब्यांक्वेटमा र अजोडले काठमाण्डौको त्रिपुरेश्वरस्थित युनाइटेड वल्र्ड ट्रेड सेन्टरमा बिहान ११ बजे सभा आह्वान गरेको हो ।

एक आपसमा मर्जर सम्झौता गरेका दुई कम्पनीले युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्सबीच मर्जर प्रयाेजनका लागि तोकिएको सेयर स्वाप रेसियो १००ः८२.५० कायम गर्ने, नियमनकारी निकायबाट मर्जर प्रक्रियाको अन्तिम स्वीकृति लिनका लागि गर्नुपर्ने सम्पूर्ण कार्य गर्ने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने र मर्जर प्रयोजनका लागि अहिलेसम्म भएको सम्झौता लगायतका सम्पूर्ण कार्य अनुमोदन गर्नेछन् ।

यस्तै विशेष साधारण सभाले मर्जरपछि कम्पनीको संस्थापक तथा सर्वसाधारणको सेयर स्वामित्व फेरबदल हुने हुँदा कम्पनीको प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, मर्जरपछि कम्पनीको केन्द्रीय कार्यालय काठमाण्डौंको सुन्धारामा कायम गर्ने विशेष प्रस्ताव दुबै कम्पनीका विशेष साधारण सभाले पारित गर्नेछन् । मर्जरपछि ‘युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’ को नामबाट निर्जीवन बीमा व्यवसाय सञ्चालन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछन् ।

विशेष साधारण सभा प्रयोजनार्थ अजोडले वैशाख १२ गते र युनाइटेडले वैशाख १३ गते बुकक्लोज मिति तोकेका छन् । बुकक्लोज अनुसार सोभन्दा अघिल्लो दिनसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सेयरधनीहरु मात्रै सम्बन्धीत कम्पनीको विशेष साधारण सभामा भाग लिन पाउनेछन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।