यूनियन लाइफको विशेष साधारण सभाले पारित गर्यो मर्जर प्रस्ताव

0
Shares

यूनियन लाइफ इन्स्योरेन्स कम्पनीको विशेष साधारण सभाले प्राइम लाइफ र गुराँस लाइफसँग एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी अन्तिम प्रस्तावलाई पारित गरेको छ ।

बुधबार भैरहवामा सम्पन्न कम्पनीको साधारण सभाले तीन कम्पनी एक आपसमा गाभिए पश्चात बन्ने जीवन बीमा ब्यवसाय गर्ने कम्पनीको नाम हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेड कायम गरी सो नामबाट ब्यवसाय संचालन गर्ने सम्बन्धी प्रस्ताव समेत पारीत गरेको छ ।

साथै तिनबटै कम्पनिको शेयर अनुपात क्रमशः १ः१ः१ कायम गर्ने, एक आपसमा गाभ्ने/गाभिने सम्बन्धी कार्यको लागि गरिएको अन्तिम संझौतापत्र ,सहमतीपत्र तथा अन्य भए गरेका मर्जर सम्बद्ध संझौताहरुको अनुमोदन गर्ने कार्य गर्नका लागि संचालक समितलाई अख्तियारी दिएको छ ।

यसैगरी चल/अचल सम्पत्ति तथा दायित्व मुल्यांकन प्रतिवेदनतयार गर्नका लागि नियुक्त लेखापरीक्षक/मुल्यांकनकर्ताको नियुक्ति तथा पारिश्रमिकको अनुमोदन, एक आपसमा गाभ्ने/गाभिने प्रयोजनको लागि बाँकी काम कार्यवाही /प्रक्रिया अगाडी बढाउन संचालक समितलाई अख्तियारी दिनुका साथै संचालक समितीमा ्हुने फेरबदल, तथा संचालक समितीको कार्यकाल सम्बन्धि प्रस्ताव समेत पािरत गरेको छ।

यसका अलाबा प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संसोधन गर्ने, पूँजि संरचना परीर्वतन लगायतका सम्पूर्ण प्रस्ताबहरु सर्वसम्मत रुपमा पारित गरेको जनाएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।