मकर जितुमाया सुरी हाईड्रोको सेयर रजिष्ट्रारमा प्रभु क्यापिटल

0
Shares

प्रभु क्यापिटल लिमिटेड र मकर जितुमाया सुरी हाईड्रोपावर लिमिटेडबिच सेयर रजिष्ट्रार सम्बन्धी कार्य गर्नको लागि सम्झौतामा हस्ताक्षर भएको छ ।

सम्झौतामा मकर जितुमाया सुरी हाईड्रोपावरको तर्फबाट अध्यक्ष हिमाल गुरुङ्ग र प्रभु क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत आशिष गौचनले हस्ताक्षर गरे।

हाल मकर जितुमाया सुरी हाइड्रोपावरले प्रबद्र्धन गरेको सुरी खोला जलविद्युत आयोजनाको ६.४ मे.वा. क्षमताको विद्युत मिति गत वैशाख १८ देखि व्यवसायीक उत्पादन गरि राष्ट्रिय प्रसारण लाईनमा जडान गरी बिक्री गरि रहेको र माथिल्लो सुरी खोला जलविद्युत आयोजनाको ७ मे.गा. क्षमताको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

सेयर राजिष्ट्रारको रुपमा प्रभु क्यापिटलले मकर जितुमाया सुरी हाईड्रोपावरको धितोपत्र कारोबार सम्बन्धी सम्पूर्ण विवरणहरुको अभिलेख राख्ने एवं सेयरधनीहरुको लगत अद्यावधिक गर्ने लगायतका कार्यहरु गर्नेछ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।