सुनको भाउमा वृद्धि, आज कतिमा हुँदैछ कारोबार ?


नेपाली बजारमा बुधबार छापावाला सुनको भाउ बढेको छ । मंगलबार ४ सय रुपैयाँले बढेर १ लाख ९ हजार ५ सय रुपैयाँ पुगेको सुन आज बुधबार पुनः २ सय रुपैयाँले बढेर १ लाख ९ हजार ७ सय रुपैयाँ पुगेको छ ।

महासङ्घका अनुसार आज तेजाबी सुनको मूल्य प्रतितोला १ लाख ९ हजार २ सय रुपैयाँ तोकिएको छ । तेजाबी सुन मंगलबार प्रतितोला १ लाख ९ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यता मंगलबार स्थिर रहेको चाँदी आज ५ रुपैयाँले घटेर १ हजार ४१५ रुपैयाँमा कारोबार भइरहेको छ । हिजो चाँदी १ हजार ४२० रुपैयाँ निर्धारण गरिएको छ ।

अन्तर्राष्ट्रिय बजारको सुनचाँदी कारोबार मूल्यका आधारमा नेपालमा महासङ्घले सुन तथा चाँदीको मूल्य तोक्ने गर्दछ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ९ सय ९५ अमेरिकी डलरमा कारोबार भइरहेको छ भने चाँदी २५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।