सामसुङले गोल्छासंगको सहकार्यमा नेपालमा खोल्यो टेलिभिजन फ्याक्ट्री

0
Shares

दक्षिण कोरीयाको बहुराष्ट्रिय कम्पनी सामसुङले गोल्छा अर्गनाइजेसन अन्तर्गतको हिम इलेक्ट्रोनिक्ससंगको सहकार्यमा नेपालको नवलपरासीमा टेलिभिजन कारखाना सञ्चालन गरेको छ ।

उक्त कारखानाको उद्घाटन उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल र सामसङ दक्षिण– पश्चिम एशियाका अध्यक्ष एवंम् प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले संयुक्त रुपमा बुधबार गरेका हुन ।

बहुराष्ट्रिय कम्पनीद्वारा नेपालमा स्थापना गरेको इलेक्ट्रोनिक्स उत्पादन कारखाना नै पहिलो हो । सामसुङले विगत २ दशक भन्दा बढी समय नेपाली इलेक्ट्रोनिक बजारमा उपस्थिती जनाउँदै आएको छ ।

सामसुङ स्मार्टफोन र उपभोक्ता मुखी इलेक्ट्रोनिक्स ब्राण्ड उत्पादन गर्ने विश्वकै अग्रणी कम्पनी हो । सामसुङको नेपाली साझेदार हिम इलेक्ट्रोनिक्स रहदै आएको छ । स्थानीय अर्थतन्त्रमै प्रभाव पार्ने गरी बहुराष्ट्रिय कम्पनी सामसुङले इलेक्ट्रोनिक्स उत्पादन गर्न कारखाना स्थापना गरेको हो ।
कारखाना उद्घाटन कार्यक्रममा गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध

निर्देशक शेखर गोल्छा, नेपालका लागि गणतन्त्र कोरियाका राजदूत पार्क चोङ सुक, सामसुङ इलेक्ट्रोनिक्सका नेपाल प्रमुख सुङ जुनपार्कको उपस्थिति थियो ।
कायक्रममा बोल्दै सामसङ दक्षिण(पश्चिम एशियाका अध्यक्ष एवंंम् प्रमुख कार्यकारी अधिकृत जेबि पार्कले नेपाली र सामसुङको सम्बन्ध करिब २ दशक पुरानो रहेको बताए ।

“हिम इलेक्ट्रोनिक्ससँगको सहकार्यमा यो नयाँ टेलिभिजन कारखानाले नेपालसँगको सम्बन्धलाई अझ मजबुत बनाउनेछ,”उनले भने,“स्थानीय उद्योगलाई सशक्त बनाउन हामीले गरिरहेको कार्यको यो एक अर्को उदाहरण हो ।” सामसुङले नेपाली जनतालाई रोजगारीका अवसरहरु उपलब्ध गराउने समेत उनले बताए । दक्ष जनशक्ति निर्माण गर्नमा पनि कम्पनीले उल्लेख्य भूमिका निर्वाह गर्ने विश्वास उनले दिलाए । राजदुतले नेपाल सरकार र स्थानीय निकायहरुले निरन्तर सहयोगका लागि धन्यवाद समेत प्रदान गरेका छन ।

गोल्छा समुहका अध्यक्ष एवंम् प्रबन्ध निर्देशक शेखर गोल्छाले सामसुङसंगको सहकार्यले नेपालमा यस क्षेत्रमा व्याप्त सम्भावनालाई दर्शाउने बताए । “विश्वकै सबैभन्दा बृहत् इलेक्ट्रोनिक्स कम्पनीले नेपालीबजार प्रति गहिरो अभिरुची देखाएको छ,” उनले भने,“ यो हाम्रो लागि महत्वपूर्ण संकेत हो । यस क्षेत्रलाई प्रवद्र्धन गर्ने उपयुक्त नीतिहरु संगै हामीले देशको अर्थतन्त्रमा रोजगारी, मुल्य अभिवृद्धि र देशको सिमापारीका अवसरहरुका रुपमा धेरै सकारात्मक योगदानहरु परेको देख्न सक्छौं ।”

यो टेलिभिजन कारखानाको शिलान्यास अगष्ट, २०२२ मागरिएको थियो । नयाँ सुविधा युक्त यस कारखाना नेपालको उत्पादन यात्रामा एक कोसेढुँगा रहेको कम्पनीले जनाएको छ । कारखानाको स्थापनाले स्थानीय उद्यम, नयाँ सिपहरु, खोजहरु र रोजगारसंग देशमा इलेकट्रोनिक्स क्षेत्रको रुपान्तरण गरिरहेको कम्पनीले दावी छ । यसले देशमा दक्षता र उत्पादकत्व अभिवृद्धि गर्न, अझ धेरै रोजगारहरु सिर्जना गर्न र मजबुत इलेक्ट्रोनिक्स उत्पादन प्रणालीको वातावरण विकास गर्न मद्दत गर्नेछ ।

सामुसङले नेपाली साझेदारसँग मिलेर नेपाल भित्र उपभोग्य इलेक्ट्रोनिक्स उत्पादनहरु जस्तैः टेलिभिजन, रेफ्रिजेरेटर, वासिङ मेशिन, माइक्रोवेभ्स, र स्मार्टफोन बिक्री वितरण गर्दछ । देशभर सामसङको ५०० वटा इलेक्ट्रोनिक्स रिटेल पसलहरु र ग्राहक सेवा केन्द्रहरुको सञ्जालमा रहेका छन् ।

? समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।