गणपति माइक्रोको आईपिओ शुक्रबार बाँडफाँड हुँदै, ३१ हजार तीन सय सर्वसाधारण शेयरधनी थपिने

0
Shares

 

गणपति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले निष्काशन गरेको आईपिओको यही शुक्रबार बाँडफाँड हुने भएको छ ।कम्पनीले गत वैशाख ९ देखि १२ गतेसम्म आईपिओ बिक्री खुला गरेको थियो ।

कम्पनीले बिक्री खुला गरेको कुल ३ लाख ३५ हजार कित्तामध्ये सर्वसाधारणका लागि ३ लाख १३ हजार ७५ कित्ता आईपिओ छुट्याएर बाँकी कर्मचारी र सामूहिक लगानी कोष (म्युचुअल फण्ड)लाई बिक्री गरेको थियो ।

उक्त आईपिओमा ३ लाख २९ हजार ४१ आवेदकबाट ६७ लाख ४९ हजार ३३० कित्ताका लागि आवेदन परेको थियो । जुन कम्पनीको मागभन्दा २१ गुणा बढी हो ।

संस्थाले कर्मचारीका लागि ५ हजार १६७ कित्ता र म्युचुअल फण्डलाई १६ हजार ७५० कित्ता छुट्याएको थियो । बिक्री प्रबन्धक एनआईविएल एस क्यापिटलले शुक्रबार अर्थात वैशाख २० गते बाँडफाँड गर्ने जानकारी दिएको हो ।