अप्पर स्याङ्गे हाइड्रोले पायो आईपीओ निष्कासन अनुमति

0
Shares

अप्पर स्याङ्गे हाइड्रोपावर लिमिटेडले आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको छ ।

कम्पनीलाई ८ लाख ७० हजार कित्ता आईपीओ निष्कासन गर्न बैशाख १३ गते बोर्डले अनुमति दिएको हो ।

आईपीओ निष्कासनको स्वीकृती पाएसँगै पहिलो चरणमा कम्पनीले स्थानिय बासिन्दा र बैदेशिक रोजगारीमा गएका नेपालीहरुलाई निष्कासन गर्नेछ भने दोस्रो चरणमा सर्वसाधारणका लागि निष्कासन गर्नेछ ।

कम्पनीले लमजुङ जिल्लाको स्याङ्गे भन्ने ठाउँमा अपर स्याङ्गे खोला स्मल हाइड्रोपावर आयोजनाबाट २.४ मेगावट क्षमताको विद्युत उत्पादन गरिरहेको छ । कम्पनीले २०७८ साल फागुन १५ गते देखि विद्युत उत्पादन शुरु गरेको हो ।

अप्पर स्याङ्गे हाइड्रोपावरको विक्री प्रबन्धक सिद्धार्थ क्यापिटल लिमिटेड रहेको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।