मुक्तिनाथ विकास बैंकद्धारा दुर्घटना बीमा वापतको १० लाख हस्तान्तरण

0
Shares

मुक्तिनाथ विकास बैंकले सवारी दुर्घटनामा परि ज्यान गुमाएका कोहलपुरका स्व. जय प्रकाश घर्तिको परिवारलाई बीमा दाबी भुक्तानी वापत १० लाख उपलब्ध गराएको छ ।

निजले यस बैंकमा बीमा सुविधा भएको मुक्तिनाथ उत्कृष्ट बचत खाता खोलेको कारण उनको परिवारले बीमा दाबी भुक्तानी वापत केही राहत पाएका हुन । बैंकले सिद्धार्थ इन्स्योरेन्स लिमिटेड सँगको सहकार्यमा मुक्तिनाथ उत्कृष्ट बचत खाता खोल्ने ग्राहकको बीमा गरेको थियो ।

बैंकले २०८० साल बैशाख १३ गते बुधबारका दिन कोहलपुर न.पा. ११ नं. वडा कार्यालयमा एक कार्यक्रमको आयोजना गरी उक्त बीमा दाबी भुक्तानी बापतको १० लाखको रकम मृतकको श्रीमती सलिना वली घर्तिलाई हस्तान्तरण गरेको छ ।

उक्त रकम बैंकका क्षेत्रीय प्रमुख विजय के.सी र वडा अध्यक्ष श्रीमती कल्पना शर्माले संयुक्त रुपमा हस्तान्तरण गरे।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।