सूर्योदय वोमी लघुवित्तको एक लाख कित्ता संस्थापक सेयर बिक्रीमा


सूर्योदय वोमी लघुवित्त वित्तिय संस्था लिमिटेडले १ लाख २० हजार २९५ कित्ता सेयर बिक्रीमा ल्याएको छ ।

लघुवित्तले संस्थापक सेयरधनीहरुको नाममा रहेको उक्त कित्ता सेयर बिक्रीमा ल्याएको हो ।

सेयर खरिदका लागि संस्थापकलाई नै पहिलो प्राथमिकता दिइएको छ । संस्थापकहरुबाट सेयर खरिद नभएमा संस्थापक सेयरधनी भन्दा बाहेको व्यक्ति संस्था, वा कम्पनीको लागि बिक्री गरिने छ । बिक्री मूल्य भने बिक्रीकर्ताले तोके बमोजिम हुने जनाइएको छ ।

सेयर खरिद गर्ने संस्थापक सेयरधनीहरुले आज (बैशाख १५ गते) देखि ३५ दिन भित्र वित्तिय संस्थाको कर्पोरेट कार्यालय महालक्ष्मी-४ ललितपुरमा सम्पर्क गर्नु पर्नेछ । आवेदकले आफूले खरिद गर्न चाहेको कित्ता संख्याको व्यहोरा स्पष्ट उल्लेख गर्नुपर्नेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।