आरबिबि म्युचुअल फन्ड–२ को इकाई बिक्री खुला


आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आज आइतबारदेखि ‘आरबिबि म्युचुअल फन्ड–२’ को इकाईको बिक्री खुला गरेको छ ।

एक अर्ब २० करोडको आकारमा सञ्चालनमा आउने समुहिक लगानी कोषको जारी हुने कुल १२ करोड इकाईमध्ये १५ प्रतिशत (१ करोड ८० लाख) इकाई कोष प्रवद्र्धक राष्ट्रिय वाणिज्य बैंकलाई सुरक्षित गरेको छ । बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणलाई आरबिबि मर्चेन्टले जनाएको छ ।

यो दश बर्षे बन्दमुखी योजना हो । यसका इकाई बिक्रीबाट संकलन भएको रकम योजनाले तोेकेका क्षेत्रहरुमा लगानी गरी जोखिमको उचित व्यवस्थापन गरी लगानीकर्तालाई उच्च प्रतिफल दिई लगानी सुरक्षित गर्ने योजना व्यवस्थापकको दाबी छ । जसमा अधिकतम १५ प्रतिशत बैंक मुद्दतीमा र अन्य तोकिएको क्षेत्रमा लगानी हुने उल्लेख छ । फन्डले औषत बार्षिक १७।७५ प्रतिशत लाभांश दिने दाबी गरेको छ । फन्डले दश वर्ष पुग्दा सञ्चित लगानीमा १७७।४७ प्रतिशत लाभांश वितरण गर्ने प्रक्षेपण गरेको छ । पहिलो वर्ष १०।७४ प्रतिशत लाभांशवितरण गर्ने आंकलन गरेको फन्डले क्रमश वृद्धि गर्दै सो सीमासम्म लाभांश वितरण गर्ने आंकलन गरेको हो ।

बैशाख १७ देखि बिक्री खुला हुने फन्डको इकाईमा २१ गते बिहीबारसम्म आवेदन दिन सकिन्छ । उक्त समयमा सबै इकाई बिक्री नभएमा बैशाख ३१ गते आइतबारसम्म आवेदन खुला रहने उल्लेख छ । जसमा लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम १ करोड २० लाख इकाईसम्मका लागि आवेदन दिन पाउनेछन् । प्रतिइकाईको मूल्य १० रुपैयाँ रहेको छ ।

लगानीकर्ताले मेरो सेयरको मोबाइल एज, मेरो सेयरको वेवसाइट तथा नेपाल धितोपत्र बोर्डबाट सि–आस्वा सेवा अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाका शाखा कार्यालयहरुबाट पनि आवेदन दिन सकिन्छ ।

फन्डको व्यवस्थापक आरबिबि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ । आरबिबि मर्चेन्ट बैंकिङ्ग राष्ट्रिय वाणिज्य बैंकको पूर्ण स्वामित्व भएको सहायक कम्पनी हो । आरबिबि मर्चेन्टको व्यवस्थापनमा सञ्चालन हुन लागेको यो दोस्रो म्युचुअल फण्ड हो । यसअघि एक अर्ब २५ करोडको आकारमा आरबिबि मर्चेन्टले आरबिबि म्युचुअल फन्ड–१ सञ्चालन गरिरहेको छ ।

योजना व्यवस्थापको अर्थशास्तमा एमए गरेका तथा बैंकिङ्ग तथा मर्चेन्ट बैंकिङ्गमा लामो समय काम गरेर अनुभवले खारिएका प्रमुख कार्यकारी अधिकृतमा बद्रि प्याकुरेल तथा एबिए गरेका मधुरेन्द्र शाह बरिष्ठ प्रबन्धक तथा चार्टड एकाउन्टेन्ट भावना थापा प्रबन्धकको भुमिकामा रहेकी छिन् । फन्डको कोष सुपरिवेक्षकमा प्राध्यापक डाक्टर (प्रा.डा.) डिल्लीराज शर्मा, सिए मधुविर पाण्डे, डा. खोमराज खरेल, दुर्गाराज रेग्मी र सानुराज पोखरेल रहेका छन् ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।