कामना सेवा विकास बैंक र मनकामना अस्पतालबीच छुटसम्बन्धी सम्झौता


कामना सेवा विकास बैंक र मनकामना अस्पताल, भरतपुरबीच मर्चेन्ट सम्झौता सम्पन्न भएको छ ।

सम्झौतासँगै कामना सेवा विकास बैंकसँग आबद्ध सम्पूर्णले भरतपुरको चितवनस्थित अस्पतालमा ओ.पि.डि, सामान्य वार्ड, बेड शुल्क, ओ.टि. शुल्क, सि.टि. स्क्यान, आई.सि.यु., लगायत एन.आई.सि.यु., एच.डि.यु.\नर्सरी सेवाहरुमा छुट पाउने छन् ।

जसअनुसार अस्पतालले प्रदान गर्ने सेवामा बैंकका कर्मचारीले २०% सम्मको र बैंकका ग्राहकहरुले १५% सम्मको आकर्षक छुट पाउने छन् ।
बैंकसँग आबद्धताको प्रमाणको आधारमा यो सुविधा पाउने सक्ने बैंकले जनाएको छ । यस सम्झौताबाट बैंकसँग आबद्धले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।