मर्जरमा जाने एजेण्डा सहित सिभिल बैंकले बोलायो साधारण सभा


सिभिल बैंकले मर्जर तथा विलय प्रकृयालाई विशेष प्राथमिकताका साथ साधारण सभामा लैजाने भएको छ ।

बैंकले आगामी पुस ६ गतेका लागि बोलाएको साधारण सभामा अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थासँग गाभ्ने गाभिने वा प्राप्ती गर्न सञ्चालक समितिलाई अख्तियारी दिने विशेष प्रस्ताव पारित गराउँदैछ ।

यसैगरी बैंकले स्वदेशी वा विदेशी रणनितिक साझेदारीमा जानका लागि पनि सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्दैछ ।

बैंकले गत आर्थिक वर्षको कमाईबाट लगानीकर्तालाई बितरण गर्ने भनी प्रस्ताव गरेको ६.५७ प्रतिशत नगद लाभांस प्रस्ताव पनि पारित गराउँदैछ ।

बैंकले साधारण सभा प्रयोजनका लागि मंसिर २३ गतेदेखि शेयरधनी दर्ता पुस्तिका बन्द गर्दैछ ।