लगानीकर्ताको गुनासो: ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले नै वेवास्ता गरे

0
Shares

शेयरबजारका लगानीकर्ताले बैंकलाई ब्रोकर लाइसेन्स अविलम्ब प्रदान गर्न आग्रह गरेका छन् । आइतबार बुटवलमा सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीले आयोजना गरेको छलफलमा उनीहरुले यस्तो माग दोर्याएका हुन ।

लगानीकर्ताले भनेका छन, “बैंकलाई ब्रोकर लाइसेन्स नदिने हो भने ब्रोकर कार्यालय विस्तार तीव्र हुनुपर्छ ।” शेयर लगानीकर्ता दबाब समूहका हरि ढकालले शेयरबजार बचतका लागि एउटा साधन भएको उल्लेख गर्दै ब्रोकर लाइसेन्सको मुद्दालाई बैंकले पनि वास्ता नगरेको बताए।

लगानीकर्तामा आत्मविश्वासको कमीले पनि बजार बढ्न नसकेको भन्दै ढकालले अर्थमन्त्री डा युवराज खतिवडा शेयरबजारको बाधक भएको आरोप लगाए ।

सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका अध्यक्ष कमल तिवारीले शेयरबजार अनलाइन प्रणालीमा गए पनि प्रभावकारी हुन नसकेको उल्लेख गरे । सफल नेपाल इन्भेष्टमेण्ट कम्पनीका महासचिव माधव पाण्डेयले बजारले दिशा नलिँदा लगानीकर्ता अप्ठ्यारो अवस्थामा रहेको बताए ।