गण्डकी विकास बैंकको थप तीन शाखा विस्तार, ७ शाखा निमार्णाधिन अवस्थामा

0
Shares

गण्डकी विकास बैंक लिमिटेडले रुपन्देहीको मानपाकडी, पोखराको मालेपाटन प्रस्याङ्ग तथा लामाचौरमा गरी थप तीन शाखा कार्यालयहरुको विस्तार गरेको छ । उक्त शाखा कार्यालयहरुबाट औपचारिक रुपमा वित्तीय कारोवार शुभारम्भ गरीएको बैंकबाट जारी विज्ञप्तीमा उल्लेख गरिएको छ । 

यी शाखा संगै बैंकका ८८ वटा शाखाहरु सञ्चालनमा आएका छन् । बैंकले छिट्टै नै जुम्ला लगायत थप ७ वटा शाखाहरु सञ्चालनमा ल्याउने तयारी गरिरहेको जानकारी प्रमुख कार्यकारी अधिकृत श्री रेशमबहादुर थापाले जानकारी दिए ।

बैकले आफ्ना शाखाहरुबाट पूर्ण बैकिङ्ग सुविधा प्रदान गर्दै आएको छ । बंैकका थप गरिएका शाखाहरुबाट समेत निक्षेप संकलन, कर्जा प्रवाह गर्नुको साथ सम्पूर्ण बैकिङ्ग, लघुवित्त, रेमिट्यान्स सहितको पूर्ण बैकिङ्ग सेवा प्रदान गरिनेछ ।

बैंकले आ.व. २०७६/७७ को प्रथम त्रैमासमा संचालन मुनाफा १२ करोड ४२ लाख आर्जन गर्न सफल भएको थियो भने सोही अवधीसम्म निक्षेप ३० अर्ब १० करोड र कर्जा तर्फ.२६ अर्ब ३० करोड पु¥याएको छ ।