नेक्सन इभी म्याक्स नेपाली बजारमा, यस्ता छन विशेषता


टाटा मोटर्सले आजबाट नेक्सन इभी म्याक्सको नेपाली बजारमा विक्री वितरण गर्न सुरु गरेको छ । नेक्सन इभीको विस्तारित स्वरूप अन्तर्गतको गाडी ७.२ किलोवाट चार्जिङ्गको व्यवस्था सहित ४६ लाख ४९ हजार रुपैयाँको आकर्षक मूल्यमा उपलब्ध छ ।

उत्कृष्ट एवं दिगो “मोबिलिटी”मा विश्वास राख्ने ग्राहकहरुलाई लक्षित नेक्सन इभी म्याक्सले देशको समग्र विद्युतीय सवारी साधनको बजारलाई नँया उचाई पुर्याउने अपेक्षा गरिएको छ ।

उच्च भोल्टेजको उच्चतम जिपट्रन प्रविधियुक्त यो विद्युतीय गाडी इन्टेन–टिल, डेटना र प्रिसटिन, स्ट्यान्डर्ड रङ्गको रुपमा डुएल टन बडी गरी आकर्षक रङ्गहरुमा उपलब्ध छ । ४०.५ किलोवाट–प्रति घण्टा क्षमता भएको लिथिएम ब्याट्री प्याक जडित नेक्सन इभी म्याक्सको ब्याट्रीको क्षमता अन्य ब्याट्रीहरु भन्दा ३३ प्रतिशतले बढी छ ।

यस कारणले यो गाडीले विना कुनै झन्झट एआरएआईद्वारा प्रमाणित ४५३ किलोमिटर लामो रेञ्जको प्रत्याभूति गर्दछ । यसले १०० किलोवाट बराबरको शक्तिको अतिरिक्त पेडल थिच्ने बितिक्कै २५० एनएम बराबरको टर्क पैदा गर्छ । यस गाडीमा प्रयोग हुने ७.२ किलोवाटको एसी फास्ट चार्जर घर वा कार्यालयमा जडान गर्न सकिन्छ ।

जसले ६.५ घन्टाको छोटो अवधिमा नै चार्जिङ्ग कार्य सम्पन्न गर्दछ । नेक्सन इभी म्याक्सको ब्याट्री कुनै पनि ५० किलोवाटको डिसी फास्ट चार्जरको माध्यमबाट केवल ५६ मिनेटमा ० देखि ८० प्रतिशतसम्म चार्ज हुन्छ ।

यस विद्युतीय एसयुभीमा सुरक्षाको निम्ति आइ–भीबिएसी सहितको इएसपी, हिल होल्ड, इलेक्ट्रोनिक पार्किङ्ग ब्रेक र चारवटा डिस्क ब्रेक लगायतका गुणहरु छन् । ८ वर्ष वा १६०,००० किलोमिटरको वारेन्टी भएको ब्याट्री र मोटर टिकावट र विश्वसनीयताको लागि आइपी ६७ द्वारा प्रमाणित छ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।