तीन कम्पनीको २० लाखभन्दा बढी कित्ता बोनस सेयर सूचीकृत

0
Shares

बिहीवार नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा तीन कम्पनीको २० लाख ४० हजार ९९७ दशमलव १८ कित्ता बोनस सेयर सूचीकृत भएको छ ।

नेपाल ल्यूव आयल लिमिटेडको ९७ हजार ५६४ कित्ता, ज्याति विकास बैंकको १२ लाख ८० हजार ३२५ दशमलव ९९ कित्ता र ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्थाको ६ लाख ६३ हजार १०७ दशमलव १९ कित्ता बोनस सेयर सूचीकृत भएको हो ।

ग्लोबल आइएमई लघुवित्तले १२ प्रतिशत, ज्योति विकास बैंकले ३ प्रतिशत बोनस तथा नेपाल ल्यूव आयलले २५ प्रतिशत बोनस सेयर वितरण गरेका थिए ।

ल्यूव आयलको २०७९ असोज ३१ गते सम्पन्न भएको ३१औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको २५ प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांश पारित भएको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज १४ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बुकक्लोज अनुसार असोज १३ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धित संस्थाका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

यस्तै ग्लोबल आईएमई लघुवित्तको फागनु २४ गते सम्पन्न भएको दशौं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको १२ प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांश पारित भएको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन १६ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बुकक्लोज अनुसार फागुन १५ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धित संस्थाका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

साथै ज्योति विकास बैंकको फागुन १४ गते सम्पन्न भएको १५ औं वार्षिक साधारण सभाबाट चुक्ता पुँजीको ३ प्रतिशत बोनस सेयर र ३.८० प्रतिशत नगद लाभांश पारित भएको थियो । साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले माघ २९ गते सेयरधनी दर्ता पुस्तिका बन्द गरेको थियो । बुकक्लोज अनुसार माघ २८ गतेसम्म नेप्सेमा सेयर कारोबार भई कायम रहेका सम्बन्धित संस्थाका सेयरधनीले मात्र उक्त बोनस पाउनेछन् ।

अब यी तीन ओटै कम्पनीको बोनस शेयर सम्बन्धित सेयरधनीको हितग्राही खातामा आएपछि कारोबार गर्न पाइनेछ ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २८ बैशाख २०८०, बिहिबार  १७ : १६ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।