पुराना स्टक ब्रोकरले एकाधिकार जमाउन खोजेको नयाँ ब्रोकरको आरोप

0
Shares

नेपाल धितोपत्र बोर्ड (सेबोन)बाट आशयपत्र पाएका नयाँ स्टक ब्रोकरहरुले पुराना स्टक ब्रोकरहरुलाई एकाधिकार जमाउन खोजेका आरोप लगाएका छन् ।

नेपाल स्टक ब्रोकर एशोसिएसनले आर्थिक लेनदेनमा नयाँ कम्पनीलाई स्टक ब्रोकरको लाइसेन्स दिईएको बताएको थियो । त्यसैलाई आधार मान्दै नयाँ स्टक ब्रोकर एशोसिएसनले पनि आफ्नो एकाधिकार जमाउन ५० स्टक ब्रोकरहरुले कपोकल्पीत आरोप लगाएको बताएका हुन् ।

४३ नयाँ स्टक ब्रोकर कम्पनीहरुले विज्ञप्तिमार्फत नयाँ स्टक ब्रोकरको लाइसेन्स वितरणमा आर्थिक चलखेलको आरोप स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको हुँदा सो आरोप प्रमाण सहित प्रमाणित गर्न चुनौतिसमेत दिएको छ ।

आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोलकल्पित आरोपहरु लगाइएको पाइएमा त्यसउपर कानूनी उपचार पनि खोज्न बाध्य हुने नयाँ स्टक ब्रोकरहरुले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

नेपाल धितोपत्र बोर्डबाट नयाँ धितोपत्र दलाल तथा व्यापारीका लागि आवेदन माग गरी निजी क्षेत्रका साथै विभिन्न बैंक वित्तिय संस्थाद्वारा प्रबद्र्धित ४३ वटा नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुलाई पूर्वस्वीकृति (आशयपत्र) समेत प्रदान गरेको छ ।

तर नियामक निकायबाट भएको हालैको सकारात्मक विकासलाई समेत नकारात्मक ढंगबाट व्याख्या गर्दै आफ्नो सिन्डिकेट एवं एकाधिकार कायम हुनुपर्छ भन्ने संकुचित मानसिकतामा स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले भ्रामक, कपोलकल्पित, आधारहीन विज्ञप्तिले सम्पूर्ण ५६ लाख लगानीकर्ताहरुले गरेको अपेक्षामाथिको तुषारापात भएको ठहर गरेको छ ।

स्टक ब्रोकर्स एशोशिएसन अफ नेपालले लगाएको आर्थिक चलखेलको आरोप प्रमाणित गर्न हामी चुनौति दिँदै आगामी दिनमा यस्तै किसिमका आधारहीन, कपोकल्पित आरोपहरु लगाइएको पाइएमा त्यसउपर कानूनी उपचार खोज्न बाध्य हुने समेत जनाएको छ ।

नेपाल धितोपत्र बोर्डबाट पूर्वस्वीकृती (आशयपत्र) प्राप्त गरेका नयाँ धितोपत्र दलाल तथा व्यापारी कम्पनीहरुको भेलाले सागर ढकालको नेतृत्वमा ११ सदस्यीय नयाँ स्टक ब्रोकर एशोसिएसन नेपाल स्थापना गर्ने घोषणा गरेको छ।

 

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।