चितवनमा ‘रोड टू आईपीओ’ कार्यशाला सम्पन्न


एनआईबिएल एस क्यापिटल (एक्यान) चितवन च्याप्टर र पायोनियर ल एसोसिएट्सको सहकार्यमा ‘रोड टू आईपीओ’ कार्यशाला सम्पन्न भएको छ ।

एक्यान र पायोनियर ल ले चितवनका कर्पोरेट हाउस, उत्पादन तथा प्रशोधन उद्योग तथा वास्तविक क्षेत्रलाई आईपीओ निष्कासन प्रक्रियामा आवश्यक पर्ने कानुनी र वित्तीय परामर्शका विषयमा सहजीकरण गराउन कार्यशाला आयोजना गरेका हुन् ।

कार्यक्रममा पायोनियरका म्यानेजिङ पार्टनर अनुपराज उप्रेती र एनआईबिएल एस क्यापिटलका डेपुटी जनरल म्यानेजर सचिन्द्र ढुंगानाले प्रस्तुति दिएका थिए । कार्यशालामा कानुनी पक्ष, संस्थागत सुशासन, पुँजी संरचना, आईपीओ मूल्य निर्धारण, साइज समयरेखा र विधिका विषयमा चर्चा भएको थियो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।