आईओसीले घटाएर पठायो पेट्रोलियम पदार्थको मूल्य

0
Shares

भारतीय आयल कर्पोरेसन (आईओसी)ले नेपाल आयल निगमलाई पेट्रोलियम पदार्थको मूल्य घटाएर पठाएको छ ।

आईओसील मे १६ तारिखमा पठाएको नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर ९ रुपैयाँ ५२ पैसा तथा डिजल ८ रुपैयाँ १३ पैसाका दरले घटेर आएको निगमले जनाएको छ ।

आईओसीले हरेक १५ दिनमा नयाँ मूल्यसूची पठाउने गरेको छ । हाल निगमले उपभोक्तालाई पेट्रोल प्रतिलिटर १७५ रुपैयाँ तथा डिजेल १६५ रुपैयाँमा बिक्री गर्दै आएको छ ।

आईओसीले मूल्य घटाएर पठाए पनि सञ्चिति नोक्सान देखाउँदै नेपाल आयाल निगमले मूल्य समायोजन गरेको छैन।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।

प्रकाशित मिति: २ जेष्ठ २०८०, मंगलबार  १४ : ३२ बजे

समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै एक्स र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ  ।