स्मार्टवाच ‘अल्टिमा वाच म्याजिक’ सार्वजनिक


अल्टिमा लाइफस्टाइलले ‘अल्टिमा वाच म्याजिक’ बजारमा सार्वजनिक गरेको छ । अल्टिमा लाइफस्टाइल एक किफायती र सस्तो मूल्यमा प्रभावशाली ध्वनी र उत्कृष्ट प्रदर्शन दिने उत्पादनहरुको लागि संगीत उत्साही र व्यायाम उत्साही माझ परिचित रहेको छ ।

यो स्मार्ट वाचमा आकर्षक मूल्य र उत्कृस्ट विशेषताहरुको उत्तम संयोजन रहेको छ । जसका कारण टेक–प्रेमी व्यक्तिहरूको लागि यो आवश्यक छनोट हुने कम्पनीको विश्वास छ । अल्टिमा वाच ३ हजार ५९९ रुपैयाँमा उपलब्ध रहेको जानकारी गराइएको छ ।

अल्टिमा वाच म्याजिकमा १.८३ इन्चीको समेट्रिकल र स्मूथ अल्ट्राभ्यू डिस्प्ले रहेको छ । यसैगरी यसमा ११० भन्दा बढी स्पोर्ट्स मोडहरू, अटो स्लीप, र बल्ड अक्सिजन ट्र्याकिंग प्रविधि पनि रहेको छ । अल्टिमा वाच म्याजिक आधिकारिक रूपमा जेठ ४ देखि बजारमा उपलब्ध हुने जनाइएको छ । वाच म्याजिकको पहिले नै बजार मूल्य  ३ हजार ५९९ रुपैयाँ तय भएपनि दराजका पहिलो १०० ग्राहकहरू र हुकुटका पहिलो ५० ग्राहकहरूका लागि विशेष परिचयात्मक मूल्य २ हजार ९९९ रुपैयाँ निर्धारण गरिएको छ ।

अल्टिमा लाइफस्टाइल नेपालको सबैभन्दा छिटो अघि बढिरहेको वेरेवल एसीसोरीज (पहिरन योग्य) ब्रान्ड हो ।

?  समग्र अर्थतन्त्र र सेयर बजारको नियमित अपडेटका लागि हाम्रो फेसबुक पेजका साथै ट्वीटर र युट्युबमा हामीलाई फलो गर्न सक्नुहुन्छ ।